नियम ५
औषधिको निकासी पैठारी वा औषधिको कच्चा पदार्थ पैठारी गर्न सिफारिसपत्र लिन पर्ने
(१) ऐनको दफा ९, को प्रयोजनको लागि औषधिको निकासी पैठारी गर्न, औषधिको नमूना परीक्षणको लागि पैठारी गर्न वा औषधि उत्पादन प्रयोजनका लागि मुख्य कच्चा पदार्थ, सहायक कच्चा पदार्थ, प्याकेजिङ्ग मेटेरियल्स, औषधि विश्लेषण गर्न प्रयोग हुने सन्दर्भ रसायन जस्ता पदार्थ पैठारी गर्न चाहने व्यक्तिले अनुसूची-६ बमोजिमको ढाँचामा विभागमा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त दरखास्त उपर विभागले आवश्यक जाँचबुझ गर्दा दरखास्तमा उल्लिखित औषधि निकासी पैठारी गर्न, औषधिको नमूना “परीक्षणको लागि पैठारी गर्न बा औषधि उत्पादन प्रयोजनका लागि मुख्य कच्चा पदार्थ, सहायक कच्चा पदार्थ, प्याकेजिङ्ग मेटेरियल्स, औषधि बिश्लेषण गर्न प्रयोग हुने सन्दर्भ रसायन जस्ता पदार्थ पैठारी गर्न उपयुक्त देखेमा अनुसूची-१४ बमोजिमको दस्तुर लिई अनुसूची-७ बमोजिमको ढाँचामा निकासी वा पैठारी सिफारिसपत्र दिनेछ।
(३) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपालमा उत्पादन नभएका वा दर्ता नभएका जीवनरक्षक औषधि बिरामीले आफ्नो प्रयोजनको लागि पैठारी गर्न सम्बन्धित चिकित्सकको प्रेसक्रिप्सन सहित निवेदन दिएमा र व्यहोरा जाँचबुझ गर्दा मनासिब देखिएमा: विभागले अनुसूची-१४ बमोजिमको दस्तुर लिई बढीमा तीन दिनभित्र पैठारी सिफारिसपत्र दिनेछ।
(४) उपनियम (३) बमोजिमको पैठारी सिफारिसपत्र अनलाईन प्रणालीबाट समेत दिन सकिने गरी व्यवस्था मिलाउनु: पर्नेछ ।